काठमाडौं ७, असार । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–३ को पाटुडाँडामा आइतबार (आज) बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बर्दिबासदेखि सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक राजीब महतोको मृत्यु भएको हो।
उनी बर्दिबास नगरपालिका वडा नम्बर–३ निवासी हुन्। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइलमा पछाडि सवार सोही ठाउँका ३८ वर्षीय भीष्म बिष्टको सिटी केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया