२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

समाचार



काठमाडाैं ७, असार। छिमेकीलाई खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–३, बजनी बस्ने २१ वर्षीय सुरज लामा र उनकै मामा २९ वर्षीय पासाङ लामा रहेका छन्।

उनीहरूलाई छिमेकी २६ वर्षीय राजेश माझीलाई खुर्पा प्रहार गरेको अभियोग लागेको छ। इलाका प्रहरी कार्यालय सिमराबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घाइते माझकिो अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ। पक्राउ परेका दुबै जनाविरुद्द प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००