१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ



काठमाडौं, ६ असार ।सप्तरीमा १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार दिउँसो आरोपित २३ वर्षीय भुनेश्वर सरदारलाई प्रहरीले पक्राउ गरेको हो।

कञ्चनरूप नगरपालिका–९ स्थित बाल क्लबको खाली कोठामा ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको उनीमाथि अभियोग लागेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपबाट खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरेको हो।


कञ्चनपुरमा पनि नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भीमदत्त नगरपालिका–१०, सुकासालमा बस्दै आएका बैतडीको मेलौली घर भएका २१ वर्षीय वीरेन्द्र दयाललाई प्रहरीले पक्राउ गरेको छ।

ती बालिकालाई दयालले बिहीबार जबरजस्ती करणी गरेको अभियोग लागेको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो।


भक्तपुरमा वपन १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडे बस्ने काभ्रेको भुम्लु गाउँपालिका–१ घर भएका २१ वर्षीय सोमराज परियार पक्राउ परेका छन्।

किशोरीलाई बिहीबार साँझ सोही ठाउँस्थित निलबराही जङ्गलमा जबर्जस्ती करणी गरेको अभियोग लागेको छ। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले सोमराजलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूविरुद्द प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।

प्रकाशित : ६ असार २०७७, शनिबार ००:००