काठमाडौं, ४ जेठ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
मृतक युवा वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । उनको आइतबार विहान मृत्यु भएको हो ।
विरामीलाई अस्पताल लैजान स्थानीय एम्बुलेन्सले पीपीई नभएका कारण चालकले नमानेको स्थानीयको आरोप छ । समयमा उपचार नपाएकै कारण उनको मृत्यु भएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन् । क्वारेन्टाइनमा उनलाई स्वास प्रश्वासमा समस्या भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
शनिबार कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको बिहीबार रातीमृत्यु भएको थियो ।
प्रतिक्रिया