न्युयोक। कोरोनाको कारण अमेरिकाको न्युयोकमा ज्यान गुमाएका भोजपुर मुलघर भएका विष्णु राईको सरकारी नीति अनुसार सदगद गरिएको जनाएको छ । मेरिल्याण्ड राज्यमा रहेका नेपाली मुलका सांसद ह्यरी भण्डारी र सामाजिक संस्था फ्रेण्ड्स् अफ स्पार्सका प्रमुख प्रकाश श्राफबाट सदगदका लागि खास पहल भएपछि राईको सदगद चाँडै भएको न्युयोर्क निवासी केशवराम राईले बताए ।
अविबाहित र आफन्त समेत अमेरिकामा नभएका कारण मृतक राईको सदगदमा भने समस्या भएको थियो ।भारतमा रहेकी भान्जी सपनादेवी राईले ईमेल मार्फत पत्र पठाएपछि सदगदका लागि बाटो खुलेको हो, युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाकी अध्यक्ष मुना राईले बताईन् । मृगौला रोगले समेत पिडित भएका मृतक राईको डाईलाईसिस उपचार अमेरिकन सरकारको नीति अनुसार निःशुल्क गराईरहेका थिए । भोजपुरमा जन्मेका ७२ वर्ष उमेर पुगेका राई २७ वर्ष अघि अमेरिका आएका थिए । यस अघि उनी भारतीय सेनामा जागिरे रहँदा कास्मिर छेउ लद्दाखमा १९७१ को भारत र पाकिस्तान विचको युद्धमा सहभागि थिए ।
यसैविच, कोरोनाका कारण अमेरिकाभरी कम्तिमा १३ जना नेपालीहरुको ज्यान गईसकेको नेपाल आदिवासी–जनजाती माहासंघ, अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जेङले बताएका छन् । ती मध्ये पाँचथर का अनिल सम्माहाम्फे(५०) को मात्र सदगद भएको र अरुको भने सदगद बारे विबरण आउन बाँकी रहेको छ । उता अमेरिकामा रहेका सैंयौं नेपालीहरुलाई अहिले पनि कोरोना संक्रमण रहेको जनाईएको छ भने संक्रमित मध्ये धेरैजनाको सफल उपचार भैसकेको पनि चेम्जोङले बताए ।
सदगद कसरी हुन्छ ?
कोरोनाका कारण ज्यान गएको खण्डमा न्युयोक प्रशासनले दुई प्रकारले सदगदको ब्यवस्था मिलाएको छ । पहिलो ब्याक्तिगत र दोश्रो सरकारी । ब्याक्तिगत भन्नाले, ज्यान जानेको परिवारलाई विना उपस्थिति, मृतकको शरिरलाई सरकारी कर्मचारी बाट परिवारले रोजेको ठाउँमा दहन गराउनु हो । तथापी, परिवारका सदस्यले चाहेमा सवैभन्दा नजिकको नातेदार एक देखि पाँच जना सम्मलाई मलामीको रुपमा सदगदमा उपस्थित हुन न्युयोक प्रशासनले सर्त राखेर अनुमती दिन सक्छ । त्यसैगरी सदगद गरेको भिडियो रेकर्ड गर्न चाहेमा वा टाढै बसेर भिडियोकल मार्फत सदगद गरेको हेर्न सकिनेछ । ब्याक्तिगत सदगदमा लाग्ने खर्च सरोकारवालाले ब्यहोर्नुपर्ने हुनसक्छ । र सदगद भएको बारे सरकारको खातामा विबरण रहनेछ । सरकारी भन्नाले, स्थानिय प्रशासनले निर्णय गरे अनुसार सदगद हुन्छ । जो मृतक छ उसको कोहीपनि नजिकको हकवाल नभएको खण्डमा सरकारी सदगद हुन सक्छ, जसको विबरण राखिएपनि पछि उसको आफन्तले थाहा पाई खोजी गरेमा ब्यक्तिगत जस्तै सवै विबरण फेला नपर्न सक्छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङ भन्छन्, कोरोना माहामारीमा पनि संस्थालेसकेको सबैखाले सहयोग गर्न तयार छौ ।
प्रतिक्रिया