२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

प्रधानमन्त्री ओलीद्दारा युएईस्थित नेपालीप्रति चासो व्यक्त



काठमाडौं, चैत २५। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएर्ई) मा रहेका नेपालीहरूको स्थितिबारे पनि चासो लिएका छन्।

उनले सोमबार राति युएईका युवराज शेख मोहम्मद जायद विन अल नाह्यानसँग टेलिफोन संवाद गरेर त्यहाँस्थित नेपालीहरूको सुरक्षाको सन्दर्भमा चासो लिएका हुन्।

प्रम ओलीलाई युवराज शेखले नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने बताएका छन्।

‘नेपालीहरू इमान्दार र परिश्रमी छन्। उनीहरूले युएईको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दछु।’ ट्वीटमार्फत युवराज शेखको भनाई उद्धृत गर्दै प्रम ओलीले लेखेका छन् ‘ढुक्क रहनुहोस्, नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।’

प्रम ओलीले कोभिड–१९ को संक्रमण फैलिरहँदा त्यहाँ रहेका नेपालीहरूबारे जानकारी लिएका हुन्। उनले यसअघि बहराइनमा रहेका नेपालीहरूप्रति चासो राखेका थिए।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार ००:००