२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

Uncategorized

शिकार खेल्न बन्दुक लिएर जाँदा प्रहरी फन्दामा



काठमाडौं, चैत २२ । बाजुराको बडिमालिका नगरपालिका–८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका–८ राप्का बस्ने ५० वर्षीय मन्नाकम थापालाई भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण्डसहित थापालई प्रहरीले पक्राउ गरेको हो। उनी शिकार खेल्न गएको पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्द प्रहरी अनुसन्धान थालेको छ।

प्रकाशित : २२ चैत्र २०७६, शनिबार ००:००