![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/04/Coronavirus-Lab-Results-REUTERS-TT.jpg?resize=720%2C483)
कास्की, २१ चैत । नेपालमा थप एक जनामा कोरोना (कोभिड–१९) भाइरस ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएका कास्कीमा एक व्यक्तिको परीक्षण रिपोर्ट पोजेभिट आएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी गराएका छन् । उनका अनुसार थप पुष्टिका लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएको छ ।
कोरोनाको छैठौं संक्रमित फेला परेको भोलिपल्टै आज भारतबाट फर्किएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको हो । उनको पहिलोपल्ट स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । चिकित्सकका अनुसार संक्रमितको तीन पटकसम्म परीक्षण गरिन्छ ।
प्रतिक्रिया