२२ माघ २०८१, मंगलबार । February 4, 2025

मुख्य खबर

काठमाडौंमा भेटिए कोरोना संक्रमित



काठमाडौं १० चैत। नेपालमा कोरोना भाइरस ९कोभिड १९० का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९ वर्षकी विरामीलाई टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार ००:००