बुटवल । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण भित्रिन नदिन सरकारले एकपछि अर्को निर्णय ड्याङ ड्याङ गरेको गर्यै छ ।
जनतालाई नआत्तिन आग्रह गरिरहेको सरकारले स्थल नाकाहरुमा कडाइ गरेको छ । ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । आम नागरिकलाई पनि अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आहृवान गरेको छ । क्वारेन्टाइनस्थल र आइसोलेसन वार्डहरु बनाइएको दाबी गर्दै आएको छ ।
सरकारले गरेका यी सबै निर्णयहरु कोरोना भाइरस देशमा भित्रिन नदिने र अरु मानिसमा सर्न नदिने तयारी अन्तरगत भएका हुन् ।
तर, सरकारले जति नै ठूलो तयारी निर्णय गरे पनि कोरोनाको शंका लागेका बिरामीमाथि चेकजाँचै नभएपछि यस्ता निर्णयको के अर्थ रु प्रदेश ५ मा कोरोनाको आशंकामा अस्पताल पुगेका एकजना बिरामीले चेकजाँचका लागि मन्त्रिस्तरबाटै सोर्स लगाउनुपरेको घटनाले सरकारका सबै तयारीलाई फिक्का बनाइदिएको छ ।
कोरोनाको आशंकामा अस्पताल भर्ना भएका ती बिरामीले चार दिनसम्म एकपछि अर्को अस्पतालको गोलचक्कर लगाउँदा पनि कोरोना संक्रमण भएरनभएको चेकजाँच हुन सकेन । यो घटनाले अस्पतालमा आधारित तयारीमा सरकार पूर्णरुपमा चुकेको प्रमाणित हुँदैन र रु
नवलपरासी रामग्रामका २४ वर्ष एक व्यक्ति उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३ गते पृथ्वीचन्ऽ अस्पताल परासीमा पुगे ।
एक्सरे गरेर हेर्दा ती बिरामीको छातीमा दुवैतिर निमोनियाको दाग देखियो ।
‘उहाँको स्याचुरेसन पनि डाउन हुँदै गएपछि कोरोना भाइरस हो कि भनेर रिफर गर्यौं,’ अस्पतालका फोकल पर्सन पवन अग्रहरीले भने ।
त्यसपछि बिरामीलाई लिएर आफन्त राति १० बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुगे । तर, आइसोलेटेड बेडमा राखेर स्वाब टेष्ट गर्नुको साटो उनलाई त्यहाँबाट चितवन रिफर गरियो ।
परिवारले बिरामीलाई चैत ५ गते बिहान २ बजेतिर चितवनको पुरानो मेडिकल कलेजमा पुर्याए । अस्पतालले स्क्रब टाइफास, डेंगुका साथै रगत र पिसाब चेकजाँच गर्यो । र, कोरोना भाइरसको आशंका गर्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजान आग्रह गर्यो ।
आफन्तले उनलाई काठमाडौं त ल्याए, तर टेकुको साटो कलंकीस्थित नेपाल नेशनल अस्पतालमा पुर्याए । त्यहाँबाट पनि टेकु अस्पताल लैजान सुझा आयो ।
तर, बिरामीलाई लिएर आफन्तजन सीतापाइलाको अर्को निजी अस्पतालमा पुगे । एकबाट अर्को, फेरि अर्को अस्पतालको गोलचक्कर काट्दा आजित भएका आफन्त अन्ततः बिहीबार रुपन्देही फर्किए ।
बिरामीलाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगियो । क्रिमसनले भर्ना नलिएपछि फेरि प्रादेशिक अस्पताल पुर्याइयो । त्यहाँ बेड छैन भनेर भर्ना लिइएन ।
त्यसपछि बिरामीलाई देवदह मेडिकल कलेजमा पुर्याइयो ।
देवदहले पनि भर्ना नगरेपछि आफन्तले सुरुमा लगेको पृथ्वी चन्द्र अस्पताल परासीमै पुर्याए ।
परासीमा आइलोसन वार्ड भए पनि आईसीयू र पीपीई लगायतका सुरक्षा किट नभएकाले बिरामी अलपत्र परेको कुरा स्थानीय जनप्रतिनिधि हुँदै मुख्यमन्त्री शंकर पोखरेलसम्म पुग्यो ।
त्यसपछि मात्र चैत ६ गते साँझ प्रादेशिक अस्पताल बुटवलमा भर्ना लिइएको छ ।
मन्त्रीको दबाब आइसकेपछि बल्ल भर्ना लिने प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापा भन्छन्, ‘चैत ४ गते हामीसँग आइसोलेसन बेड खाली थिएन, त्यसैले भर्ना लिन नसकी रिफर गरेका हौं । बिहीबार साँझ बेड खाली थियो र उहाँलाई भर्ना गरेका छौं ।’
बिरामीमा कोरोना भाइरसको संक्रमण भएरनभएको पत्ता लगाउन स्वाब संकलन गरी आज शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने तयारी भइरहेको डा। थापाले बताए ।
चिकित्सकहरुका अनुसार कुनै व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए उसलाई तत्काल आइलोटेड बेडमा भर्ना गर्नुपर्छ र स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित जनस्वाथ्य प्रयोगशाला पठाउनुपर्छ ।
यदि आफ्नो आइसोलोटेड वेड खाली छैन भने जुन अस्पतालमा छ, त्यहाँ पठाउनुपर्ने हुन्छ । तर, यसरी एकपछि अर्को अस्पतालमा घुमाउँदा सम्बन्धित बिरामी र आफन्तले दुःख त पाउने नै भए, यदि कोरोना संक्रमण भएको रहेछ भने अरुमा पनि सर्ने सम्भावना अधीक हुन्छ ।
अस्पताल आधारित तयारीमा जोड दिँदै आएका पूर्वस्वास्थ्यमन्त्री गगन थापा पनि निकै कमजोर भएको यो घटनाले प्रष्ट भएको बताउँछन् । अस्पताल आधारित तयारीका क्रममा गर्नुपर्ने स(साना तर, महत्वपूर्ण कामहरुमा आफूहरुले १२र१५ दिनदेखि ध्यानाकर्षण गराउँदै आएको बताउँदै थापाले भने, ‘यी कामहरु भएको भए आशंकित विरामीले यसरी गोलचक्कर लगाउन पर्दैनथ्यो । तर, त्यतातिर काम नै नगरी हामी आईसीयू बेड बनाउने तिर मात्र केन्द्रित भयौं । हाम्रो प्राथमिकता के हो भन्ने नै थाहा पाएनौं ।’
अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसबारे निर्णय गर्न थालेको बताउँदै थापाले भने, ‘निर्णय कार्यान्वयन गर्ने क्रममा जुन ग्याप देखिन्छ, त्यसलाई सम्बोधन गरिएन भने यसले पनि परिणाम दिँदैन । र, जसलाई ९संक्रमणको आशंका गरिएका मानिसहरु० समुदायमा गएर खोज्नुपर्ने हो, उनीहरु आफैं अस्पताल आउँदा पनि उपचार नपाएर फेरि समुदायमा फर्किने अवस्था आउन सक्छ ।
प्रतिक्रिया