२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

समाचार

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन



काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको पनि सचिव पाण्डेले बताए।

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएनन्।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार ००:००