काठमाडौं २ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन शनिबारलाई सरेको छ । प्रतिनिधिसभामा ओलीको आज सम्बोधन गर्ने कार्यक्रम नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि रोकिएको हो । शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया