१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

सप्तरीमा हुन लागेको मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृहमन्त्रालयको आदेश

धर्मनिरपेक्षतामाथिको हमला ः मुस्लिम अगुवा



२ फागुन, सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।
आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो ।

धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न भनेको स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
प्रजिअ खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको बताएका हुन् ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।

बिहीबार दिउँसो ४ बजेदेखि नेपाल(भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ ।सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी भइरहेको थियो ।

यो आदेशले धर्मनिरपेक्षतामाथिको हमला भएको मुस्लिम अगुवाले बताएका छन् । यस विषयमा यथाशीघ्र आवश्यक समन्वय गर्न र पुनविर्चा गर्न सरकारसंग अनुरोध गर्ने मुस्लिम अगुवाहरुले बताएका छन् ।

प्रकाशित : २ फाल्गुन २०७६, शुक्रबार ००:००