२७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपालीहरुलाई उद्धार गरिने भएको छ । नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी .एयरबस. ३३०ं) विमान चीन जाने तयारी भइरहेको जनाइएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालयले जनाएको छ ।
परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु संलग्न छन् ।
प्रतिक्रिया