२२ माघ २०८१, मंगलबार । February 4, 2025

मुख्य खबर

यले सम्बत कार्यक्रमको अन्तिम तयारी हुँदै



काठमाडौ । यले सम्वत ५०८० नयाँ बर्ष मनाउन किरात राई यायोक्खाले काठमाडौको राष्ट्रिय सभागृहमा अन्तिम तयारी भइरहेको छ ।

यायोक्खाले यो बर्ष भव्य उत्सवको रुपमा यले सम्वत मनाउने तयारी गर्दैछ । माघ १ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको लागि सजावटको साथै, ब्यानरिङ, झण्डा गाड्ने कामको साथै उपस्थित सहभागिको लागि एक हजार सेल रोटी पकाइने यायोक्खा केन्द्रीय उपाध्यक्ष टिकासरी राईले बताइन । सहभागीहरुलाई बँदेलको मासु र गुद्रुकको अचारको साथै तरुल उसिनेर खुवाइने व्यवस्था हुँदै आएको छ ।

त्यसको लागि यायोक्खाले निम्तो कार्ड, पत्र तथा अडियो भिडियो मार्फत शुभकामनाको साथै निम्तो गर्दै आएको छ ।

कार्यक्रमको लागि सिक्किमको निवर्तमान मुख्यमन्त्री डा. पवन चाम्लिङ आजै काठमाडौ आइपुग्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

किराती यले सम्वत नयाँ वर्षको अवसरमा यायोक्खाले सिक्किमका निवर्तमान मुख्यमन्त्री चाम्लिङलाई हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०ले सम्मान गर्दैछ । पुरस्कार राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष दिवस राईले बताए ।

पर्सि माघ १ गते १ बजे हुने कार्यक्रममा सहभागी हुन राजधानीवासी समुदायलाई महासचिव जनक राईले आव्हान गरेका छ्न ।

प्रकाशित : २८ पुस २०७६, सोमबार ००:००