![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/81854514_502282293729493_6868167728717365248_n.jpg?resize=720%2C540)
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले नेकपा र संघीय सरकारको कामहरु संविधान र आदिवासी विरुद्ध भैरहेको भन्दै ज्ञापनपत्र पठाएका छन् ।
आदिवासीका अध्यक्ष लोक चेम्जोङ र महासचिव नरेन्द्र थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार प्रदेशहरुको नामाङकन गरिदा संविधान अनुसार नभएर एतिहासिक पहिचान मेटाईएको, संघिय सरकारले प्रदेशलाई हस्तक्षेप गरेको आरोप छ । त्यसैगरी भाषा, धर्म, संस्कृति, परम्परा र रोजगारीमा समाबेशीता नगरेर पुरानो प्रणालीलाई नै अवसर दिएको, भारतले सिमाना मिचेकोमा रमिते भएको आरोप लगाईएको छ । ज्ञापनपत्रमा उल्लेख भए अनुसार पहिचानको आधारमा प्रदेश एक र तीनको नामाङकन किरात, लिम्बुवान, नेवा–तामासालिङ हुनु पर्ने, कर्णाली बाहेक अन्य प्रदेशहरुको नामाङकन जेसुकै भएपनि त्यसलाई हटाएर थारुवान, मगरात, तमुवान पुनःनामाङकन गरिनुपर्ने बताएका छन् । ज्ञापनपत्र पठाउन चेम्जोङसहितको दर्जनौं संख्याको आदिवासी टोलीले न्युयोर्कमा रहेका नेपाली महावाणिज्यदुत पुष्पाराजा भट्टराई मार्फत प्रधानमंत्री केपी ओलीकोमा पत्र पठाईएको हो । पत्र हस्तान्तरणपछिको प्रतिकृयामा चेम्जोङले भने अहिले घोषणा गर्दे गईरहेको प्रदेशको नाम राजाको पालाको भन्दा फरक नभएको र संंविधान विरोधी भएको भन्दै सच्याउनेमा विश्वस्त छौं । यदी नसच्चिएमा हाम्रो आवाज अझ सशक्त हुने छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/80700650_712697026219059_5785716277976760320_n.jpg?resize=720%2C540)
प्रतिक्रिया