काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/download-1.jpg?resize=573%2C372)
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको थियो ।
घटनाको क्षतिबारे स्वतन्त्र पुष्टी हुन बाँकी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनलेमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्नेछु ।
प्रतिक्रिया