२३ माघ २०८१, बुधबार । February 6, 2025

मुख्य खबर

नेकपाले चयन गर्‍यो राष्ट्रियसभा उम्मेदवार




काठमाण्डौ १८ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रिसभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ। प्रदेश दुईमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ।

प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ । त्यस्तै गण्डकी प्रदेशबाट महिलाबाट भगवती न्यौपाने र अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ उम्मेदवार बनाएको छ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई चयन गरिएको छ । कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनाइएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई छन् ।

प्रकाशित : १८ पुस २०७६, शुक्रबार ००:००