काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने जनाइएको छ।
हिजो बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आज सचिवालय बैठक बोलाइएको हो। बैठकमा सचिवालय सदस्यहरुले आफ्ना आफ्ना नाम ल्याएपछि बैठकले उम्मेदवार तय गर्न सकेको थिएन।
माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ।
प्रतिक्रिया