अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टेटिभ्स तल्लो सदन०ले महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ।
तल्लो सदनमा यो प्रस्ताव पारित भएसंगै अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेस्रो राष्ट्रपति बनेका छन्।
तल्लो सदनले ट्रम्पलाई संसदको काम बाधा पुर्याएको र शक्तिको दुरूपयोग गरेको दुई आरोप लगाएको छ। यिनै दुई आरोपमा महाअभियोग लगाउन मिल्ने ठहर तल्लो सदनले गरेको छ ।
ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो। मतदानमा अधिकाशं डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरेका थिए।
बुधवार तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घन्टा लामो बहस गरेका थिए।
ट्रम्प अब राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो माथिल्लो सदन ९सिनेट०ले आगामी महिना लगाउनेछ। सिनेटको दुई तिहाइले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेछ। सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीका सदस्यहरूको बहुमत छ। त्यसैले ट्रम्प पदबाट हट्ने सम्भावना भने निक्कै कम छ
प्रतिक्रिया