वासिङ्टन । कालापानीबाट भारतीय सेनालाई हटाउन दवाब दिँदै अमेरिकामा रहेका नेपालीहरुले ह्वाईटहाउस र भारतीय दुतावास अघि विरोध प्रदर्शन गरेकाछन् ।
मध्यान्हमा ह्वाईटहाउस अघि नेपालीहरु भेलाभई सुरुभएको शान्तिपुर्ण प्रदर्शन भारतीय राजदुतावास अघि पुगेर समापन भएको थियो । दुई प्रदर्शन स्थलको दुरी करिव दुई किलोमिटर टाढा सम्म प्रदर्शनकारीहरु पैदल ¥यालीसहित पुगेका थिए । ¥यालीमा भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक ईंडिया, कालापानी क्षेत्रको लिम्पियाधुरा, लिपुलेक र माहाकालिको सुस्ता नेपालको हो / विलङ्स नेपाल जस्ता नारावाजी गरिनुका साथै प्लेकार्ड, ब्यानर, र पम्प्लेट प्रदर्शन तथा वितरण गरिएको थियो ।
¥यालीको क्रममा सडकमा एकतर्फी सवारी आवागमन रोकेर डिसि माहानगरिय प्रहरीले सुरक्षा दिलाएका थिए । वासिङटन क्षेत्रमा बसोवास गर्ने नेपालीहरु पाँचसय ज्यादाले प्रदर्शनमा सहभागिता जनाएको डिसिनेपालमा कार्यरत पत्रकार खेम भट्टचनले बताए । कार्यक्रमको आयोजक अमेरिकामा रहने सवै नेपाली रहेको समाजसेवी डिजे गोर्खालीले सार्वजानिक गरेकामा डिसी क्षेत्रका विभिन्न नेपाली संघसंस्थाबाट अनौपचारिक उपस्थिति भएको थियो ।
प्रतिक्रिया