फाइल तस्विर
काठमाडौं २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटिको बैठक बोलाउने लगायत सातवटा निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठकले जिल्लाका विवाद मिलाउने र एकताको बाँकी रहेको कामलाई मंसिर २७ गते टुंग्याउने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । अध्यक्ष ओली स्वास्थ्यका कारण अनुपस्थित भएकाले प्रचण्डले बैठकको अध्यक्षता गरेका थिए।
सचिवालय बैठकले पार्टीको केहि विधानमा संशोधन गरेको र स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने प्रवक्ता नारायणकाजी जानकारी दिए ।
प्रतिक्रिया