१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

स्थानीय तह कर्मचारी सरुवा सम्बन्धी सहमती जुट्यो



मंसिर २४, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयक छलफलक्रममा स्थानीय सेवाका कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर सरुवा व्यवस्था गर्न सकिने विषयमा सहमति जुटेको छ ।

समिति सदस्य रेखा शर्माका ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश कानुनका आधारमा निश्चित आधार र मापदण्ड बनाई एक बाट अर्को स्थानीय तहमा सरुवा गर्नसक्ने प्रावधान राख्ने विषयमा सहमति जुटेको हो । ‘अझै नमिलेका केही विषयमा छलफल हुनै बाँकी छन्,’ उनले भनिन्, ‘यसलाई समितिभित्र तथा बाहिर औपचारिक र अनौपचारिक छलफल गर्ने सहमति भएको छ ।’

छलफलमा सांसदले मस्यौदामा कर्मचारी समायोजन, सरुवा तथा बढुवा विषयमा स्पष्ट व्यवस्था हुन सकेको छैन । सांसदबीच अन्तरप्रदेश सरुवा, बढुवा प्रणाली, कर्मचारीका सेवा सुविधालगायतका विषयमा सहमति जुट्न सकेको छैन । समितिले संघीय निजामती सेवा गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथिका धेरै विषयमाथि भने सहमति जुटाइसकेको छ ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलबार ००:००