मंसिर २२, काठमाडौं । कोहलपुर–नेपालगञ्ज सडकखण्डमा आज विहान ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएपछि स्थानीय प्रशासनले दिउँसो ३ बजेदेखि कफ्र्यु आदेश जारी गरेको छ ।
भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरी प्रमुख डीएसपी प्रदर्शनकारीको ढुंगामुढाबाट हेमराज शाहीसहित ९ जना प्रहरी जवान घाइते भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
शाही लगायत घाइतेहरुको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् ।
घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ ।
प्रतिक्रिया