मंसिर १९, गलकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।
प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा हुन् ।
प्रतिक्रिया