
मंसिर १६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोले र डिजेलको मूल्य प्रतिलिटर दुई÷दुई रुपैयाँको दरले वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बृद्धि भएको जनाएको हो ।
जसअनुसार अब उपभोक्ताले पेट्रोलको प्रतिलिटर १०९ र डिजेलको प्रतिलिटर ९७ रुपैयाँ तिर्नुपर्नेछ । इन्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढेर आएतापनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।
प्रतिक्रिया