मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन आज २४ स्वर्णको खेल सम्पन्न हुँदा १५ वटा स्वर्ण पदक नेपालले जित्न सफल भएका छन् ।
नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलाएको छ भने ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जित्न सफल भएको जनाइएको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक जित्न सफल भएको छ । कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले नेपालका लागि २–२ स्वर्ण जितेका छन् ।
प्रतिक्रिया