१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

१३ औं सागको भव्य उद्घाटन



काठमाडौं १५ मंसिर, । दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को १३ औं संस्करण भव्य उद्घाटन भएको छ ।

दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । राष्टपति भण्डारीले आजबाट सागको औपरिक सुरु भएको घोषण गरेकी छिन् ।

साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरेका छन् ।

सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति गरिरहेका छन् । । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको छ । । देशका चर्चित कलाकारहरुले साग क्षेत्रका पहिचान झल्कने गीतहरु पनि प्रस्तुत गरिरहेका छन् ।

सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको सुरु भएको थियो । नेपालले यो तेस्रो पटक आयोजना गरेको हो । सन १९९९ मा आठौं संस्करण नेपालले आयोजना गरेको थियो ।

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडी सहभागी छन भने २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : १५ मंसिर २०७६, आइतबार ००:००