![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/12/Nepal-Communist-party-logo-1024x489.jpg?resize=720%2C344)
पाँचथर । शनिबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्र्तगत पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बीरबहादुर कुरुम्बाङले २ हजार २ सय २१ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने नेपाली काग्रेसका बुजाहाङ आङदेम्बेले २ हजार ४३ मत प्राप्त गर्नु भएको छ भने समाजबादीका बिमला आङदेम्बे नेम्बाङले १ सय ५० मत प्राप्त गर्नु भएको छ । अहिले सम्म ४ हजार ६ सय २० मत गणणा भइ सकेको छ जहाँ १६ हजार ५ सय ७७ मतदाता मध्ये १० हजार ८ सय २३ मत खसेको निर्वाचन अधिकृत नवराज दुलालले बताउनु भयो ।
प्रतिक्रिया