फिदिम १५ मंसिर । पाँचथर जिल्लाको दूई वडामा भएको उपनिर्वाचनमा नेकपा र काँग्रेस एक एक स्थानमा विजय प्राप्त गरेको छ । फिदिम नगरपालिका –१, को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का गजाधर भट्टराई र हिलिहाङ गाउँपलिका–७, मा नेपाली काँग्रेसका तिलबिक्रम इधिङ्गो बिजयी बनेका हुन ।
गाउँपालिका अध्यक्ष पदको लागि उपनिर्बाचन भएको फाल्गुनन्द गाउँपालिकामा भने आइतबार बिहान साँढे नौ बजेदेखि मतगणना सुरु भएको छ ।
फिदिम–१, मा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४ सय ७४ मतअन्तरले पछि पार्दै नेकपाका भट्टराई बिजयी बनेका हुन । थापाले ९ सय ७२ मत प्राप्त गरेका छन् । ३ हजार ६ सय ७६ मतदाता रहेको फिदिम–१, मा २ हजार ५ सय ८२ मत खसेको थियो ।
हिलिहाङ–७, मा भने नेपाली काँग्रेसका उम्मेद्वार तिलबिक्रम इधिङ्गो ३० मतको झिनो अन्तरले बिजयी बने । इधिङ्गोले ८ सय ४२ मत प्राप्त गरे भने नेकपा उम्मेद्वार गेहनाथ रिजालले ८ सय १२ मत प्राप्त गरे । दुई हजार ६ सय मतदाता रहेको हिलिहाङ–७, मा १ हजार ६ सय ९३ मत खसेको थियो ।
फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनको मत गणना जारी रहेको छ ।
प्रतिक्रिया