१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

ट्रकको ठक्करबाट एम्बुलेन्समा सवार एकै परिवारका पाँचसहित छको मृत्यु



गाइघाट, १५ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा गएराति करिब १ बजेतिर एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित ७ को मृत्यु भएको छ ।
विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना २ ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिदाँ एम्बुलेन्समा सवार सबैको मृत्यु भएको छिमेकी पेशल राईले बताए ।
मृत्यु हुनेमा शिवमाया राईका छोराहरु दुर्गाधन राई, टेकेन्द्र राई , तुला बहादुर राई,नातिहरु दिनेश राई र मुकेश राईको छन्। दुर्घटना परी एम्बुलेन्स चालक त्रियुगा नगरपालिका वडा नम्बर ९ का राजेश दनुवारको पनि घटनास्थलमानै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको छ ।

प्रकाशित : १५ मंसिर २०७६, आइतबार ००:००