२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

समाचार

पाँचथरमा उपनिर्वाचन शान्तिपूर्ण, मतदान बिहान ७ बजेदेखि जारी



मंसिर १४, पाँचथर । एक गाउँपालिका अध्यक्ष र २ वडा अध्यक्ष पदका लागि पाँचथरको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । पाँचथरका मुख्य निर्वाचन अभिधकृत मोहनराज भट्टराईका अनुसार सबै स्थानमा शान्तिपुर्ण मतदान भइरहेको बताएका छन् ।
भट्टराईका अनुसार फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि १३ मतदान केन्द्रमा मतदान भइरहेको छ । फिदिम १ को वडा अध्यक्षका लागि १ स्थानको ४ मतदान केन्द्रमा र हिलीहाङ गाउँपालिका वडा नं. ७ को वडा अध्यक्षका लागि तीन स्थानको ४ केन्द्रमा मतदान भइरहेको छ ।
मतदान केन्द्रमा उत्साहका साथ मतदाताहरु उपस्थित भएका छन । नवनियुक्त भौतिक निमार्ण तथा यातायात मन्त्री बषन्तकुमार नेम्बाङले फिदिम माविको खेल मैदानमा रहेको घ केन्द्रमा बिहान ७ /३५ बजे मतदान गरे ।

प्रकाशित : १४ मंसिर २०७६, शनिबार ००:००