मंसिर १४, पोखरा । रिक्त रहेको ठाउँमा आज उप निर्वाचन हुँदैछ । उप चुनावलाई प्रभाव पार्ने गरी कास्की क्षेत्र नं.२ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखराको नयाँबजार स्थित नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको निर्वाचन आयोगले जनाएको हो ।
मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको बताइएको छ । मतदान स्थल नजिकै विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । मान्छे नभएको स्थानमा बम बिष्फोट भएकाले मानविय क्षती भने नभएको प्रहरीले जनाएका छन् ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ । वम विष्फोटको विषयमा प्रहरीले अनुसन्धान थालेको जनाईको छ
प्रतिक्रिया