![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/main-qimg-f21a0c9c370589131028eb6aa9df02a2.jpg?resize=600%2C449)
उच्चरक्तचाप,हृदय रोग र मानसिक अवश्थालाई सधै ठण्डा बनाउन अमलाको भूमिका अहम रहन्छ भन्ने कुरा जोकोहीलाई थाहा नहुन सक्छ तर यो सानो आकारको फल भएको अमलाको नियमित प्रयोगले तपाईको स्वास्थ्यलाई सधै स्वस्थ्य,स्थिर र स्वतस्फुर्त राख्न मदत पुयाउँदछ । अमलाको फाइदाहरुलाई निम्नानुसार बयान गर्न सकिन्छ ।
अमलाको नियमित प्रयोगले तपाईको पेट सफा राख्नका साथै मानसिक अवश्थालाइ सधै स्थिर कुल बनाउन जडिबुटीको रुपमा काम गर्दछ । अमलाई मज्जाले पिस्ने र पानीमा घोल्ने र तपाईको अनुहारमा लगानउनु भयो भने अनुहारमा भएको दाग केही दिनपछि आफै हटेर जान्छ ।
अमलाको भित्री दाना नियमित रुपमा खाने र चपाई राख्ने हो भने तपाईको रक्तनली चलायमान राख्न सहयोग गर्दछ ।
तपाईमा कब्जियत साथै पेटमा एसिडिटी ग्यासको समस्या छ भने अमलालाई नियमित चपाईरहनुहोस् तपाईलाई ग्याष्टिक हुनबाट बचाउँछ ।
अमलामा भिटामिन सि पर्याप्त पाईन्छ तसर्थ तपाईको दात दुख्ने काम,मुखमा सेतो घाउ निस्किएको खण्डमा अमलाको प्रयोगले तपाईलाई विसेक दिन्छ ।
अमलाको झोलको नियमित प्रयोग गरियो भने तपाईको हडडीलाई मजबुत बनाउन सहयोग गर्दछ । डायबिटिज रोगीले अमलाको रस खानु हुँदैन । अमलाको रसमा एक चम्चा मह मिसाएर पिउने हो भने डायबिटिजलाई सहयोग पुग्छ ।
न्युन दृष्टिको रोग छ भने दुई चम्च अमलाको रस एक गिलास पानीमा घोलेर नियमिति रुपमा १० देखि १५ दिनसम्म पिउने दृष्टि शक्तिमा सुधार भएर जान्छ । स्वास्थ्यको लागि अमलाको चूर्ण या त्रिफलाको चूर्ण धेरै गुणकारी हुने गर्दछ ।
प्रतिक्रिया