१३ मंसिर, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(५ का २८ वर्षीय इन्द्रजीत धामी, धनगढी उपमहानगरपालिका(८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका(१ बस्ने १९ वर्षीया मोनिका थापा भनेर चिनिने मोनिका बुढा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्य्िक्तहरुमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया