१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

अर्थ

विपन्नको दलानमा कुलमान, अव कोही अँध्यारोमा बस्नु नपर्ने



I

मंसीर १३, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आर्थिक अवस्था कमजोर भएका (विपन्न) परिवारलाई निःशुल्क विद्युत मिटर वितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
सरकारले चालु आर्थिक वर्षमा विपन्न परिवारलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेपछि विद्युत प्राधिकरणले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले देशभरका वितरण केन्द्रहरुमार्फत विद्युतको उपभोगको पहुँचबाट बाहिर रहेका विपन्न वर्गका परिवारलाई निःशुल्क मिटर वितरण तथा जडान कार्यलाई कार्यान्वयनमा ल्याएको जनाएको छ ।

विद्युत उपभोगको पहुँचबाट वाहिर रहेका विपन्न वर्गका परिवारले प्राधिकरणको मापदण्डअनुसार ५ देखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार विपन्न परिवारले सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले विना शुल्क मिटर जडान गरिदिने जनाएको छ ।
मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजार देखि तीन हजार पाँच सय रुपैयाँ बराबरको लागत विपन्न वर्गले निशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी (हुकिङ) मार्फत विद्युत प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले देशभर रहेका वितरण केन्द्रका संजालमार्फत विपन्न परिवारलाई विद्युत शब मीटर निशुल्क वितरण भइरहेको जानकारी दिए ।

‘निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने विद्युत प्राधिकरणको आँकलन छ’ घिसिङले भने यस कार्यक्रमले विद्युतको पहुँच विपन्न परिवारसम्म विस्तार भएको छ ।’
सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५÷५ करोड रुपैयाँ बाँडफाँड गरेको जनाएको छ । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको संख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेर वितरण कार्यलाई अघि बढाएको छ ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००