१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

मुख्य खबर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेबाङलाई गृहजिल्लामा भव्य स्वागत




फिदिम १२ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेबाङलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नियूक्त भएपछि पहिलो पटक विहिबार साँझ गृह नगर फिदिम पुगेका नेम्बाङलाई पार्टी नेता कार्यक्रता तथा सर्वसाधारणले फुलमाला तथा खादा ओडाएर स्वागत गरेका हुन ।


स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त भनाई राख्दै नेम्बाङले जनताले सुम्पिएको समृद्धि र विकासको गहन जिम्मेवारीलाई पुरा गरेरै छाड्ने बताए ।


प्रधानमन्त्री केपी शर्मा ओलिले गत मंसिर ४ गते दोस्रो पटक गठन गरेको मन्त्री परिषदमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाले यता पहिलो पटक गृह नगर पुगेका नेम्बाङ शनिबार हुने उपनिर्वाचनमा समेत सहभागी हुने छन् ।


फिदिम नगरपालिका वडा नम्बर १ का मतदाता रहेका नेम्बाङ सोही वडाको वडाध्यक्षको निर्वाचनमा मतदान गर्ने उनका नीजि सचिव गणेश योङहाङले जानकारी दिए ।
गत स्थानीय निर्वाचनमा काङ्ग्रेसदेखि वडाध्यक्ष निर्वाचित हर्क मोक्तानको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार ००:००