मंसिर ११, काठमाडौं । नवलपरासीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–११ मौराटाँडीस्थित पूर्वपश्चिम राजमार्गमा लु.२ च. ४४२७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँकी ६० वर्षीया बुद्धिमाया सुवेदीको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट गम्भीर भएकी सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया