१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

टुटल र पठाओलाई तत्काल कार्वाही नगर्नु



मंसीर ११, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए।

‘उहाँले युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवालाई हात नहाल्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘यातायातको कार्यविधि बनिरहेकोले यस्ता सेवाको बारेमा राम्रो अध्ययन गरेर कानुन नबनाउन्जेल यथास्थितिमा चल्न दिन भन्नुभयो।’

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००