उदयपुर, ११ मंसिर । बम विस्ष्फोट घटनामा संलग्न रहेको आरोपमा आज दिउँसो एक जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका(१० का ३६ वर्षीय सिध्दान्त राईलाई पक्राउ गरिएको हो र
त्रियुगा नगरपालिका६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ ३ गते राति सिलिण्डर बम बिष्फोट भएको थियो ।
उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये राईलाई त्रियुगा नगरपालिका(१२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया