१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको अस्पतालले जनाएको छ ।

आज बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निगरानीमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार बुधबार बिहान प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यको सहयोगमा कालो चिया पिएका छन् । कुराकानी गरेका छन् ।

स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल पुर्‍याइएको थियो ।

विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ ९पेटको संक्रमण० समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ र ‘एपेन्डेक्टोमी’ गरिएको थियो ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००