![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/kerung-kathmandu-raill.jpg?resize=720%2C379)
मंसीर ११, काठमाडौं । केरुङ-काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चिनियाँ खर्चमा हुने भएको छ । डीपीआरका लागि चिनियाँ टोली नेपाल आउने सहमतिसमेत भएको छ ।
केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । अब विस्तृत अध्ययन हुनेछ । सो रेलमार्ग लगानीको मोडालिटी भने टुंगिएको छैन । काठमाडौंमा मंगलबार बसेको नेपाल–चीनका अधिकारीको एक बैठकमा सो निर्णय भएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए ।
बैठकमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले गरेका थिए । चीनले म्यापिङ सर्भे, भौगर्भिक अध्ययनका खर्च बेहोरेर विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो । नेपालले वातावरणीय प्रभाव मूल्यांकन र सुरक्षाको जिम्मा पाएको छ ।
रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुनेछ । यो निर्माणका लागि करिब नौ वर्ष लाग्ने अनुमान छ ।
प्रतिक्रिया