१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

ठूलो सपना बोकेर पोर्चुगल पुगेका नेपालीहरुको सडक बास



मंसीर १०, लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ त्यसमा पनि हुने खानेको छोराछोरीहरुको । जीवनलाई सफल बनाउन आनन्दित जीवन विताउने सपना बोकेर युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीहरुको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् ।

नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका तिनै नेपाली जागिरकै लागि दिनरात भौतारिनुपर्ने अर्को चुनौती पनि छ । पछिल्लो समय समस्यै समस्याका कारण नेपाली युवाको वास पोर्चुगलका मुख्य सडक बन्ने गरेको छ । तर यसप्रति कसैको चासो भने छैन् । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेको भनाइ छ ।

अनुसार गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । साथीभाइ पोर्चुगलमा यथार्थ भन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उनी भन्छन्, पछिल्लो समयमा पोर्चुगलमा सडकको वास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।’

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००