मोरङ । लिम्बुवान आन्दोलनको प्रमुख भूमिकामा रहेका नेता वीर नेम्वाङको पत्नी आशा सुब्बाको उपचारको लागि संकलित रकम आज हस्तान्तरण गरिएको छ ।
वीर नेम्बाङ लिम्बुवान क्षेत्रको भाषिक, सांस्कृतिक, राजनीति आन्दोलनको प्रमुख नेता हुन । बिगतमा पाँच वटा लिम्बुवान जन्य पार्टी एकीकृतहुँदा नेम्वाङलाई सर्वोच्च नेता घोषित भएका थिए ।
इलाम नगरपालिक(५ घर भएका नेता नेम्वाङको ५८ बर्षिया सुब्बा बिगत १० महिनादेखि बोन म्यारो रोगको उपचार गराइ रहेका छ्न । बोन म्यारो पीडित सुब्बाको मंसिर २३ गते पथरीको काठमाडौ नयाँ वानेस्वर स्थित सीबिल अस्पतालमा अप्रेसन हुने नेम्वाङले बताए ।
शरीरमा विभिन्न समस्या आएपछि झापा बिर्तामोडको बिर्तासिटी, काठमाडौको टिचिङ, वीर अस्पतालहुँदै हाल सीबिल र बोन म्यारोको अल्का अस्पतालमा उपचार भइरहेको छ ।
रोग पत्ता लाग्न नै समय लाग्नुको साथै लामो समयदेखी अस्पताल बस्नु र धाउदा १० लाख बढी खर्च भइसकेको नेता वीर नेम्वाङले बताए । नेम्वाङ परिवारको सन्तान छैन । बोनम्यारो ट्रन्सप्लान्ट गर्नु परे १२ देखि १८ लाखसम्म खर्च हुने स्वास्थ कर्मिहरुले जानकारी दिएको नेम्वाङले बताए ।
उपचार खर्च अभावको कारण विभिन्न स्थानमा आर्थिक सहयोग समिती गठन गरेर संकलन हुँदै आएको छ ।
यसै क्रममा मोरङमा पनि सहयोग समिती गठन गरेर संकलित ९० हजार नेता नेम्वाङलाई बुझाएको हो । हस्तान्तरण कार्यक्रममा सहयोग संकलन समितिको अध्यक्ष सम्सेर नेम्वाङ, डम्बर नेम्वाङ, सागर सुब्बा, तेजमान तेङ्बे, तुलसा, बिना, कर्ण नेम्वाङ, समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य सागर साम्बा लगायतको उपस्थिती रहेको थियो ।
सहयोग समितिले बिशेष गरेर लिम्बू समुदायको राजनीति, सांस्कृतिक, भाषिक आन्दोलनमा जीवन खर्चेका नेता वीर नेम्वाङको पत्नी बचाउन आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका महानुभावहरुलाई अपिल गरेका छन ।
प्रतिक्रिया