काठमाडौं ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा आज ग्राण्डी अस्पताल पुगेका छन् ।
परीक्षण सकेर आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा गरिरहेका छन् । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको विषयमा प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका जनाइएको छ ।
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।अमेरिका पुगेर प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणको विकल्पबारे पनि छलफल भइरहेको जनाएको छ ।
प्रतिक्रिया