विराटनगर ८ मंसिर । प्रदेश १ का पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ भएको छ । प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले इमाजिन नेपालको सहकार्यमा सुरु भएको एक हप्ते यात्रामा विभिन्न क्षेत्रका ७० जना यात्रामा सहभागी भएका छन् ।
यात्रामा सहभागीलाई आइतबार प्रदेश १ को राजधानी विराटनगरमा स्वागत गरिएको छ । प्रदेश १ सरकारको तर्फबाट स्वागत गदै मुख्यमन्त्री शेरधन राईले पर्यटकिय क्षेत्र रहेको यस प्रदेशको यात्राले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रचार र प्रवर्द्धनमा यात्राले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राईले भने,‘‘प्रदेश १ का सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथासमेत छ । तर, त्योबाहेक घुम्ने दर्जनौ अरु स्थलहरु छन् जसको व्यापक रुपमा जानकारी र प्रचार भएको छैन । यसलाई उजागर गर्ने सरकारको प्रयास हो ।’’यसमा तपाईहरुको पनि उतिकै साथ रहेन हाम्रो विश्वास छ।’
उनले सरकारले घोषण गरेको २०२० पर्यटन वर्षमा पनि यात्रामा सहभागी टोलीलाई प्रदेश नं १ आएर घुम्नका लागि आग्रहसमेत गरे ।मुख्यमन्त्री राईले यात्रामा सहभागीहरुलाई खादाले सम्मान समेत गरका थिए ।
प्रतिक्रिया