![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/45412388_1971342129579835_5084360002714468352_n-1.jpg?resize=720%2C404)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली कांग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तुच्छ खेदजनक रहेको बताएका छन् । श्रेष्ठले देउवाको अभिव्यक्ति शब्दबाट निन्दा गरेरै नपुग्ने धारणा व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बनाएको हो भनेर देउवाले आरोप लाएको थिए । । पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ श्रेष्ठले समाजिक सञ्जाल ट्विटररमा ट्वीट गर्दै लेखेका छन्, ‘तात्कालिक तुच्छ स्वार्थ चुनावका लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ, अझै चेतेनन् ।’
देउवाले शनिबार कास्कीमा आयोजित चुनावीसभामा भारतले विवादित नक्सा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै छापेको भनि गम्भीर आरोप लाएको थियो ।
प्रतिक्रिया