![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/accident.jpg?resize=720%2C432)
काठमाडौं । आज विहान वानेश्वरको संसद भवनको दक्षिण गेटमा गाडीको ठक्कर खाई मृत्यु भएको ब्यक्तिको सनाखत भएको छ । ठक्करबाट मृत्यु हुनेमा बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डा. प्रभु जोशीको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
डा. जोशी मर्निङ वाकका लागि निस्किएका बेला बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि परिवारसँग बस्दै आएका ७२ वर्षीय डा. जोशीलाई आइतबार विहान नम्बर नखुलेको गाडीले संसद भवनको दक्षिण गेट नजिक ठक्कर दिएर गाडी भागेको थियो ।ल
दुर्घटनालगत्तै नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएका डा. जोशीलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए ।
बानेश्वर प्रहरीले सीसीटीभी फुटेजका आधारमा ठक्कर दिने गाडी र चालकको खोजी गरिरहेको छ ।
डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया