भरतपुर ८ मंसिर । भरतपुर महानगरपालिका–२ स्थित महाबौद्ध गुम्बाबाट गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र ९गोप्य दानपेटिका० समेत फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन ।
तीन वर्षदेखि दानपेटिका खोलिएको थिएन । दानपेटिकामा लाखौँ रुपैयाँ रहेको थिए । बिहान पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया