८ मंसिर, वीरगञ्ज । आन्दोलनरत नेशनल मेडिकल कलेजका १८औं व्याचका विद्यार्थी, प्रशासन र कलेज व्यवस्थापन पक्षबीच शनिबार पहिलोपटक त्रिपक्षीय बार्ता भएपनि विद्यार्थीलाई कुटपिट गर्नेहरुलाई गिरफ्तारी गर्ने कि छानविन समिति बनाउने भन्ने विषयमा कुरा नमिल्दा वार्ता निश्कर्षविहीन बन्न पुगेको छ ।
वार्तामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र आन्दोलनरत विद्यार्थीका अगुवाहरु सहभागी रहेका जनाइएको छ ।
मेडिकल कलेजका विद्यार्थीमाथि शुक्रबार भएको कुटपिटबारे छानविन समिति गठन गर्ने, आन्तरिक सुरक्षाको जिम्मा कलेज व्यवस्थापनले लिने र कलेजमा पठनपाठनको वातावरण तयार पार्न आन्दोलनरत विद्यार्थीले सहयोग गर्ने लगायत तीनबुँदे प्रस्ताव वार्तामा राखिएको थियो ।
तर, उपस्थितिमा हस्ताक्षर गरेका आन्दोलनरत विद्यार्थीहरु निर्णयमा हस्ताक्षर नगरी निस्किएपछि वार्ताले टुंगो पाएन ।
प्रतिक्रिया